Comments Add Comment

हृयूजको सम्झनामा ‘पुट आउट योर ब्याट’

putoutyourbats

१२ मंसिर, काठमाडौं । अस्ट्रेलियन क्रिकेटर फिलिप हृयूजप्रति श्रद्धान्जली दिन सुरु भएको ‘पुट आउट योर ब्याट’ अभियानमा विश्वभरका क्रिकेटर र क्रिकेट फयानहरु सामेल भएका छन् ।

सिन एबोटको बाउन्सरमा घाइते भएका हृयूजको बिहीबार निधन भएको थियो । उनीप्रति श्रद्धान्जली दिँदै क्रिकेटरले आफुले प्रयोग गरेका ब्याटहरु बाहिर राखेका छन् ।

यूएइमा जारी पाकिस्तान र न्यूजिल्याण्ड बिचको टेस्टको दोस्रो दिन बिहीबारको खेल रोकियो भने शुक्रबार खेलाडीहरु मैदान प्रबेश गर्नु अघि ‘फेन्स’मा ब्याट र क्याप राखेर मैदान प्रबेश गरे । फेन्समा राखिएको व्याट र क्याप खेलमा प्रयोग नै गरिएन ।

Pakistan captain Misbah-ul-Haq walks past his teams' bats, put out in tribute to the late batsman

न्यूजिल्याण्डका खेलाडीहरुले पनि ब्याट र क्याप राखेर मैदान प्रवेश गरे । इंग्लयाण्डका पूर्व क्रिकेटर गे्रम स्वानले २०१० मा वेष्टइन्डिज विरुद्धको टेस्टमा अविजित ६३ रन बनाउँदा प्रयोग गरेको ब्याट राखेर हृयूजप्रति श्रद्धान्जली दिएका छन् ।

तिब्र गतिका बलर एबोटको बलले लागेर मैदानमा ढल्नुअघि हृयूज पनि ६३ मा अविजिति थिए ।

हृयूजका टीम मेट स्टिीभ स्मिथिले पनि ब्याट र क्याप राखेरु उनको सम्झना गरे ।

The England cricket team put their bats out for Phillip Hughes in Colombo during their tour of Sri Lanka

Google Australia also paid their respects by displaying a bat on their homepage in memory of Hughes

A bat with a Cricket Victoria cap is left at the Melbourne Cricket Ground in tribute to Hughes

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment