Comments Add Comment

गोदरेजको यु-सोनिक वासिङ मेसिन बजारमा

२४ मंसिर, काठमाडौं । गोदरेजको नेपालका लागि आधिकारीक बिक्रेता इओएल प्रालिले यु-सोनिक टेक्नोलोजी भएको नयाँ वासिङ मेसिन बजारमा बिक्री सुरु गरेको छ ।

Godrej-Washing-Mechineकम्पनीले डब्लुटी इओएन ७५०० पिएचयुइ वासिङ मेसिन नेपालमा ल्याएको हो । यसको मूल्य नेपाली बजारमा ४९ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ । यो मेसिन मेटालिक रेड रङमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

गोदरेज इओन यु-सोनिक नाम दिइएको यो वासिङ्ग मेसिनले ७.५ केजी सम्म कपडा धुने क्षमता राख्दछ । यसको मुख्य विशेषता भनेको यु-सोनिक स्टेन रिमुभर टेक्नोलोजी हो । यसले एक छिनमै कपडामा भएको दागधब्बा हटाउने कम्पनीको दाबी छ ।

यस वासिङ्ग मेसिनमा एक किसिमको यन्त्रहुन्छ, जसले निरन्तर रुपमा अल्ट्रासोनिक वेभहरु निकाल्छ जसको सहयताले कपडाको कडा भन्दा कडा दाग पनि सजिलैसँग हटाउन मद्दत गर्दछ ।

यसमा इन-विल्ट हिटर, क्लोथ लोड इन्डिकेटर, इन्क्लाइन्ड कन्ट्रोल प्यानल, अकुवा जेट पल्सेटर, क्यासकेड वाटरफल इफेक्ट, ग्राविटी ड्रम तथा डिटरजेन्ट मिक्सचर जस्ता आधुनिक विशेषताहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment