Comments Add Comment

सफलताको हकदार को हो ?

– राजन थपलिया, न्यूयोर्क, अमेरिका

जब जीवनको अँध्यारोलाई चिर्दै तपाईं अगाडि बढ्नुहुन्छ, तपाईंको जीत निस्चित छ । उठ्नुस् आजैबाट, सङ्घर्षको अर्को नाम हो सफलता । शो  

हरेक सफल मान्छेको जीवन धेरै असफलताको कथाले भरिएका हुन्छन् । विगतमा असफल हुनेहरु नै सफलताको वास्तविक हकदार हुन् । सकारात्मक सोच नै सफलताको पहिलो बिन्दु हो ।

सफलता प्राप्त गर्ने सोच नै भएन भने जतिसुकै सफल व्यक्तिको पछि लागे पनि सफल हुन सकिँदैन । अर्को कुरा, नकरात्मक सोच भएकाहरु सफलताको हकदार हुनै सक्दैनन् ।

Rajan thapaliya
राजन थपलिया

सङ्घर्ष गर्दा-गर्दै असफल हुनेहरु नै वास्तविकरूपमा सफलताका हकदार थिए । जो, असफलताका बाबजुत पनि अघि बढछन् तिनीहरू एकदिन सफल हुने निश्चित छ । त्यही हो सङ्घर्ष भनेको, जसले समयसँग जुध्न सिकाउँछ ।

एउटा बालकलाई भविष्यमा सक्षम युवा बनाइदिन्छ । अनि तिनै युवाले एक दिन देशको नक्सा कोर्छन् ।

आफैमा हिम्मतिलो वीरगाथा बोकेका हामी नेपालीहरु त झन सबैलाई जितेर अघि बढ्नुपर्छ। हाम्रो त नशा-नशामा बहादुरीको रगत बगेको छ। यो तातो रगत त्यो रातो झन्डा जीतको निशानी हो । जीतका लागि सधैं तैयार हुनुपर्छ । जीवनमा सफलता खोज्नेले सधैं सफलता नै सोच्नुपर्छ । सफल हुन उच्च मनोबल हुनुपर्ने अनि अवसरले जुनसुकै बेला पनि ढोका ढक्ढकाउन सक्छ, त्यसको लागि तयार हुनु तैयार हुनुपर्छ । जीवनमा सफलता खोज्नेले सधै सफलता नै सोच्नुपर्छ ।

सफल हुन उच्च मनोबल हुनुपर्छ, अवसरले जुनसुकै बेला पनि ढोका ढकढकाउन सक्छ । त्यसका लागि आफू तयार हुनुपर्छ ।

संसारलाई उज्यालो पार्ने सूर्य पनि कहिले काही बादल पछाडि लुक्न पुग्छ, तर सूर्य फेरि उदाउँछ, अन्धकारहरु चिर्दै अनि बिहानी हुन्छ, त्यसैले हरेक पीडापछि खुसी फर्केर आउँछ । निराश हुनुपर्ने केही छैन । किनकि विगतमा फर्किन मिल्दैन, जीवन भनेको महान् अवसर हो, महान् कार्य गर्न समय पर्खेर बस्नुपर्दैन ।

सक्रियता, सजगता र सक्षमता यी कुराहरू नै सफलता प्राप्त गर्ने मूलमन्त्र हो । आफू जुन क्षेत्रमा जाने हो, त्यो क्षेत्रका मान्छेहरूसँग सकृयरूपमा राम्रो सञ्जाल बनाउन सकियो भने नै सफलताको एक खुट्किलो उक्लिन सकिन्छ । सफल हुन चाहनेहरु जिन्दगीको हरेक मोडमा सजग हुन जरुरी छ ।

 आफूलाई सभ्य तरिकाले दुनियाँ माझ प्रस्तुत गर्न सक्ने क्षमताको विकास गर्नु पर्दछ । अरूको मन जित्न के भन्ने भन्दा पनि के चाहिँ नभन्ने भन्ने कुरामा ख्याल राख्नुपर्छ ।

सफलताको निकै नजिक भएका मान्छेहरू पनि सङ्घर्षदेखि डराएर भाग्छन् । उनीहरूलाई थाहा थिएन, सफलता कति नजिक थियो भनेर ।

कुनै पनि सङ्घर्षको निरन्तरता अनि त्यही निरन्तरताको अर्को नाम हो सफलता । यो दुनियाँ र मान्छेको मन पनि अचम्मको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment