Comments Add Comment

प्रहरीलाई जाडोमा लगाउने ज्याकेट चैतमा आउने

police४ पुस, काठमाडौं । जनधनको सुरक्षार्थ खटिने १५ हजार प्रहरीले यो वर्षको जाडोमा ज्याकेटबिना काम्दै ड्युटी गर्नुपर्ने भएको छ । दैनिक १२ घन्टाभन्दा धेरै खटिने प्रहरीले चैत लागेपछि मात्र जाडोमा लगाउने ज्याकेट पाउने भएका छन् ।
स्रोतका अनुसार जाडो बढेसँगै देशभरका प्रहरी कार्यालय करिब १५ हजार थान ज्याकेट माग्दै प्रधान कार्यालयमा ताकेता गरिरहेका छन् । तर, प्रधान कार्यालयले ज्याकेट नभएको जवाफ फर्काउन थालेको नयाँ पत्रिकामा खबर छ ।
प्रधान कार्यालयले ज्याकेट नदिएपछि केही प्रहरीले ड्युटीमा खटिने बेला एउटै ज्याकेट पालैपालो लगाउने गरेका छन् । केहीले चिसोबाट बच्न ड्रेसबाहिरको ज्याकेट पनि लगाउन थालेका छन् ।

ड्युटीमा जाने प्रहरीलाई भित्र बाक्लो लुगा लगाएर जान निर्देशन दिएको महानगरीय प्रहरी प्रवक्ता एसएसपी हेमन्त पालले बताए ।

यता प्रहरी प्रशासन विभागका प्रमुख एआईजी वीरेन्द्रबाबु श्रेष्ठले चैतमा ज्याकेट आउने बताएका छन् । पुस लागेपछि टेन्डर प्रक्रिया सुरु भएको भन्दै उनले ज्याकेट आउन अब तीन महिना लाग्ने बताए ।

ठेकेदारले सम्झौताअनुसारको ज्याकेट नदिएपछि प्रहरी मुख्यालयले गत वर्ष खोलेको टेन्डर रद्द गर्‍यो । तर, नयाँ टेन्डरको प्रक्रिया पुस लागेपछि मात्र सुरु गर्‍यो । त्यसैले जोडोभरि प्रहरीले ज्याकेटविनै ड्युटी गर्नुपर्ने बाध्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment