Comments Add Comment

सीडीओको गाडीले किच्दा २२ महिने बच्चाको मृत्यु

५ पुस, दैलेख । प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुलीको गाडीले किच्दा २२ महिनाको बच्चाको मृत्यु भएको छ ।

प्रजिअ पराजुली चढेको ना १ झ ७६५८ नम्बरको गाडीले शनिबार दिउँसो अमृत मल्लकी २२ महिने छोरी खुसीलाई किचेको थियो ।

सामाजिक परिचालकहरुको परीषा अनुगमन गर्न नयाँबजारस्थित एक स्कुलमा पुगेका प्रजिअको गाडी पार्किङका लागि ब्याक गर्ने क्रममा बच्चा छोक्किन आएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनलाई प्रहरीले उद्धार गरी तत्काल जिल्ला अस्पतालमा लगिएको थियो । तर, चिकित्सक नभएकाले समयमै उपचार नपाउँदा बालिकाको मृत्यु भएको आफन्तको आरोप छ ।

गाडी चालक धनिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment