Comments Add Comment

दरबारमार्गको नाङ्लो ३८ वर्षपछि बन्द

nanglo bekary darbarmarga(6)

६ पुस, काठमाडौं । ३८ बर्षदेखि राजधानीको दरबारमार्गमा सञ्चालन भइरहेको नाङ्लो बेकरी क्याफे ब्यबस्थापनले अचानक बन्द गरेको छ ।

स्थापनाको ३८ औं बर्ष पुरा गरेकै दिन शनिबार नाङ्गो ब्यबस्थापनले अर्को सूचना नभएसम्मका लागि भन्दै रेष्टुरेन्ट बन्द गर्ने जानकारी दिएको हो । आइतबार क्याफे बाहिर एक सूचना टाँसी ब्यबस्थापनले ग्राहकसमक्ष माफी माग्दै भनेको छ- ‘हामी छिटै नयाँ लोकेसनमा आउने छौं ।’

‘घर भाडाको म्याद शनिबार सकियो, सम्झौता नविकरण हुने अबस्था पनि भएन’ नाङ्लोका संस्थापक श्यामसुन्दर लाल कक्षपतीले अनलाइनखबरसँग भने- ‘बाध्यतापूर्व बन्द गर्नु परेको हो ।’

लामो समयदेखि चलाउँदै आएको रेष्टुरेन्ट बन्द गर्नुपर्दा निकै दुखित भएको बताउँदै कक्षपतीले दरबारमार्गमै नयाँ ठाउँ खोजिरहेको बताए ।

nanglo bekary darbarmarga(9)

नाङ्लोभित्र नाङ्लो पब, नाङलो बेकरी तथा नाङ्लो चाइनिज रेष्टुरेन्ट सञ्चालनमा थिए । ती सबै आइतबारदेखि बन्द भएका छन् ।

‘दरबारमार्गमा हाम्रो ब्रान्ड स्थापित भइसकेको थियो, हामीले यो ठाउँ छाडेर जान सक्दैनौं, अहिले दरबारमार्गमै नयाँ ठाउँ खोजिरहेका छौं’ कक्षपतीले भने- ‘मलाई विश्वास छ अहिलेकै जस्तो ठाउँ पाउनेछौं ।’

दरबारमार्गमा रहेको नाङ्लोबाट मासिक ९० लाख रुपैयाँ भन्दा बढीको कारोबार हुने गरेको कक्षपतिले जानकारी दिए ।

रेष्टुरेन्ट बन्द भएसँगै नाङ्लोले कर्मचारीलाई समेत हिसाव किताव गरेर विदा गरेको छ । ‘दरबारमार्गमा रहेको नाङ्लो रेष्टुरेन्टमा ७० जना कर्मचारी कार्यरत थिए’ कक्षपतीले भने- ‘नयाँ ठाउँ खोजेर सञ्चालनमा ढिला हुन सक्छ, त्यति बेलासम्म कर्मचारी पाल्न त सकिदैन, त्यहि भएर सबै कर्मचारीलाई विदा दिइएको छ ।’

nanglo bekary darbarmarga(7)

भाडा अवधि बढाउन प्रयास गरेपनि जग्गा धनीले नमानेको कक्षपतीको दाबी छ । ‘जग्गाको भाडा अवधि नबढाउनु उहाँहरुको आन्तरिक कारण हुन सक्छ’ कक्षपतीले भने ।

नाङ्लो रहेको जग्गा स्वर्गीय दयारामभक्त माथेमा तथा स्वर्गीय भुवनेश्वर अमात्यको नाममा छ । भुवनेश्वर अमात्यका छोरा चर्चित गायक योगेश्वर अमात्य हुन् ।

नाङ्लो व्यवस्थापनले शनिबारको कर्मचारी पिकनिकमा आइतबारदेखि बन्द हुन लागेको जानकारी गराएको थियो । एकाएक रेष्टुरेन्ट बन्द गरी काममा नआउन भनेपछि कर्मचारीहरु अहिले समस्यामा परेका छन् ।

तस्वीर : कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment