Comments Add Comment

सूर्यनाथ भन्छन्- नीतिगत निर्णयको आवरणमा मन्त्रिपरिषद भ्रष्टाचारबाट जोगिन सक्दैन

७ पुस,अख्तियार दुरुपयोग अनुसन्धान आगोगका पूर्व आयुक्त सूर्यनाथ उपाध्यक्षले विद्यमान कानून र प्रणालीविपरीत मन्त्रीपरिषदले गरेका निर्णय नीतिगत नभएर भ्रष्टाचारजन्य हुने बताएका छन् ।

suryanath_updअन्नपूर्ण पोष्टमा भएको छलफलमा उपाध्यायले मन्त्रीपरिषदले कानून विपरित गर्ने निर्णय भ्रष्टाचार हुने भएकाले त्यसमा अख्तियारले अनसन्धान गर्न सक्ने बताए ।

उनले नीतिगत भ्रष्ट्राचार भन्ने नै नहुने बताउँछन् । भ्रष्टाचार गर्नका लागि नीति बनाउनु पनि भ्रष्टाचार हुने उपाध्यायको ठम्म्याई छ । एउटालाई ऐेन विपरीत भ्याट छुट दिने निर्णय मन्त्रीपरिषदबाट गराइए नीतिगत निर्णय हुन्छ तर ‘मन्त्रीपरिषदमा लगेर निर्णय गराइदिन्छु, त्यसपछि तैंले छुनै पाउँदैनस्’ भन्ने नै नहुने उपाध्याय बताउँछन् । नीतिगत निर्णयको आवरणमा कुनै ब्यक्तिलाई सुविधा दिने निर्णय भ्रष्टाचारबाट जोगिन नसक्ने उनको भनाई छ ।

जब जब भ्रष्टाचारविरुद्ध अभियान सुरु गरिन्छ, त्यसलाई तुहाउने काम पनि समानान्तर रुपमा सुरु हुने गरेको उनको गुनासो छ । अख्तियारको अभियान सुरु गर्ने मानिस एक्लो नहोस् भन्नका लागि सञ्चार माध्याम चाहिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment