Comments Add Comment

बिहीबारको दैनिक पत्रिकामा बिजनेश खबर

राजधानीबाट बिहीबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले एडीबीले सरकारको धारणा माग्यो, कामदार उद्धारका लागि करोडौं निकासा, रेमिट्यान्स औपचारिक च्यानलबाट ल्याउन प्याकेज ल्याउन निर्देशन दिएको खबर छापेका छन् ।

कारोबार दैनिकमा एडीबीले माग्यो सरकारको धारणा, ब्याजको दबाबमा सेयर लगानीकर्ता, साझा बसमा ‘ट्रयाकिङ सिस्टम’, उद्योग वाणिज्य महासंघको विवाद, २३ वित्तीय संस्था मर्जरमा जान इच्छुक, १० अंकले बढ्यो नेप्से लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा कामदारको उद्धारका नाममा दूतावासलाई करोडौ निकासा, विधेयक दुई साताभित्र मन्त्रालयमा पेस गर्न अर्थमन्त्रीको निर्देशन, मंसिरमा ५३ हजार तीन सय वैदेशिक रोजगारमा गए, नियमविपरित खोटो संकलन, जुत्तामा आत्मनिर्भर बन्न प्रोत्साहन लगायतका खबर छन् ।

नागरिक दैनिकमा अर्को हिउँदमा दुई घण्टामात्र लोडसेडिङ, ३७ सयको ग्यास सिलिण्डरले ५५ सयमा बिक्री, पुँजीगत बजेट खर्च साढे नौ प्रतिशत, सुट र बुटको प्रदर्शनी सुरु, नेप्से ११ अंकले बढ्यो लगायतका खबर छन् ।

आर्थिक दैनिकमा रेमिट्यान्स औपचारिक च्यानलबाट प्याकेज कार्यक्रम ल्याउन निर्देशन, सहकारी बैंकको करोडौं कर्जा तेस्रो ब्यक्तिको कमसल धितोमा, काठमाडौ-दिल्ली भाडा घट्यो, वन विनाशमा कर्मचारीकै संलग्नता लगायतका खबर छन् ।

अभियान दैनिकमा तोकियो पेन्टसमा लेडको मापदण्ड, भिसाविनै ३८ मुलुकको भ्रमण, अमेरिकिी आर्थिक वृद्धिदर ११ वर्षकै उच्च, सवारी भाडा थप घट्यो, पोखरामा अत्याधुनिक मासु पसल लगायतका खबर छन् ।

annpurna-eco

arthik-eco

aviyan

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment