Comments Add Comment

जिल्ला लिग फुटबलमा आरसी समुह विजेता

१२ पुस, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी रेडबुल जिल्ला लिग फुटबलमा आरसी एकेडेमी समुह विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ । समुह ‘ग’ को सातौं खेलमा आरसीले शिवविहार पुस्तकालयलाई २-१ ले हरायो । जितसँगै आरसीले ६ अंक जोडेको छ ।

SURKHET DISTRICT FOOTBALL LEAGEनिकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोश्रो हाफको ५० औं मिनेटमा गणेश ठाडाको गोलमा एकेडेमीले अग्रता लियो ।

खेलको ५९ औ मिनेटमा विकल्प पण्डितले अग्रता दोब्बर पारेपनि ६० औं मिनेटमा काउण्टर अट्याकमा एक गोल खान पुग्यो ।

शिवविहारका राजन गिरीले १ गोल फर्काए पनि खेलमा फर्कन नस्क्दा नतिजासंगै अंकपनि एकेडेमीको पोल्टामा गयो ।

प्रतियोगिताको पहिलो खेलमा पनि जीअलमाथि उस्तै नतिजा निकाल्दै एकेडेमीले ३ अंक जोडिसकेको थियो ।

आरसी एकेडेमीले १९ गते हुने क्वाटरफाइनलमा समूह ‘क’ को उपविजेतासंग खेल्ने छ ।

प्रतियोगिताको आठौं खेलमा फ्रेण्डसीप स्पोर्टर्स क्लवले प्राविधिक कारण देखाउँदै सहभागिता जनाउन नसकेपछि न्यू जेनरेशनले वाकओभरसहित ३ अंक हात पारेको छ ।

पहिलो खेलमा बुद्धपथसंग सात-शून्यको पराजय व्यहोरेको न्यू जेनेरेशनले फ्रेण्डसीपबाट पाएको वाकओभरसंगै दोस्रो चरण पुग्ने बाटो खुल्ला भएको छ ।

प्रतियोगिताअन्तर्गत आइतबार कालिमाटी समाज सुधार युवा क्लव र जीवन ज्योति युवा क्लवबीच खेल हुने छ ।

तस्वीर सौजन्य : सुर्खेत फुटबल एशोसियसन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment