Comments Add Comment

टाउकोमा भकुण्डो अड्याएर ५६ दिन हिँड्दै विश्वकिर्तिमान

11
हिंसाको अन्त्य र शान्ति स्थापनाको माग गर्ने काइदा पनि कस्ता कस्ता ? हामीकहाँ शान्ति र संविधानका लागि भन्दै झडप र मारमुंग्री भैरहेको बेला मेक्सिकोमा भने शान्तिको माग गर्दै एउटा गज्जबकेा किर्तिमानी काम भएको छ । त्यहाँका एक जना युवाले हिंसा अन्त्यको माग गर्दै आफ्नो टाउकोमा भकुण्डो अड्याएर ५६ दिनसम्म हिडेका छन् ।

जुआन माक्र्वेज निटो नामका युवाले टाउकोमा भकुण्डो अड्याएर झण्डै दुइ महिना हिड्दा १२ सय ४० माइलको दुरी पार गरेका डेलीस्टारले जनाएको छ ।

टाउकोमा भकुण्डो अठ्याएर १ घण्टा ५० मिनेटको समयमा साढे सात माइलको दुरी हिँडेर सन् २०११ मै गिनिज बुकमा नाम लेखाएका निटोले आफ्नो पूरानो किर्तिमानमा सुधार गरि आफ्नो नाममा नयाँ किर्तिमान राखे ।

पछिल्लोपटक उनले ५६ दिनसम्म टाउकोमा फुटबल अठ्याएर प्लेया डेल कारमेन देखि मेक्सिको सिटीसम्मको दुरी तय गरेका हुन् ।

सन् २०१४ को नोभेम्बर २३ मा यात्रा सुरु गरेका उनले हरेक दिन ३८ माइलको दुरी हिँडे । ५६ दिनमा मेक्सिको सिटी पुग्दासम्म उनले ९ वटा राज्य पार गरेका थिए ।

आफ्नो किर्तिमानी कार्य पूरा गरेसँगै उनले मेक्सिकन जनतालाई क्रान्तिकारी बन्नुको साटो क्रमिक विकाशधारी बन्न र बालबालिकाहरुको लागि भएपनि शान्ति र सद्भाव कायम गर्न आग्रह गरेका छन् ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment