Comments Add Comment

केन्याद्वारा नेपाल सामू २०९ रनको लक्ष्य प्रस्तुत (अपडेट)

१० माघ, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूको तेस्रो स्थानका लागि केन्याले नेपालसामू २०९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०८ सय रन बनायो । उसका लागि नेल्सन ओधिआम्बोले ४८ र नरेन्द्र पटेलले ४४ रन बनाए । राकिप पटेलले ३२ रनको योगदान दिए ।

नेपालका सोमपाल कामीले १० ओभरमा दुई मेडन राख्दै ४१ रन खर्चिर ३ विकेट लिए । सागर पुनले २ तथा शक्ति गौचन र भुवन कार्कीले समान १-१ विकेट लिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment