Comments Add Comment

नेपालमा सुटिङ गरिएको ‘बेबी’ पाकिस्तानमा ब्याण्ड

akshya-kumar-in-nepal

मुम्बई । नेपालको ठमेल, भक्तपुर लगायतका स्थानमा सुटिङ गरिएको अक्षयकुमार अभिनित हिन्दी फिल्म ‘बेबी’ पाकिस्तानमा ब्याण्ड भएको छ ।

पाकिस्तानको फिल्म सेन्सर बोर्डले ‘बेबी’ लाई प्रदर्शन अनुमति नदिएपछि पाकिस्तानमा फिल्म प्रदर्शन हुने सम्भावना न्युन भएको छ ।

‘द डन’ ले उल्लेख गरे अनुसार इस्लामावाद र कराँची सेन्सर बोर्डले फिल्ममा प्रदर्शनमा प्रतिबन्ध लगाउने फैसला गरेको छ । यस फिल्मले मुस्मिलमको नकारात्मक छवी पेश गरेको आरोप सेन्सर बोर्डले लगाएको छ । फिल्ममा खलनायकको नाम पनि मुस्लिम राखिएको सेन्सरको दाबी छ ।

हलमा मात्रै हैन पाकिस्तान सरकारले फिल्मको सीडी र डिभीडीमा समेत प्रतिबन्ध लगाउने योजना बनाएको छ ।
निर्माण संस्थाले २३ जनवरीदेखि पाकिस्तानमा फिल्म प्रदर्शन गर्ने योजना थियो । फिल्ममा पाकिस्तानका टेलिभिजन कलाकार मिकाल जुल्फीकार र रशीद नाजले पनि अभिनय गरेका छन् ।

रशिदले यसअघि शोएब मन्सुरको फिल्म ‘खुदा के लिए’ मा खलनायक धर्मगुरुको भुमिका निर्वाह गरेका थिए ।

फिल्मका निर्देशक निरज पाण्डेले ‘बेबी’ पाकिस्तान बिरोधी नभएको धारणा राख्दै प्रदर्शन गर्न अनुरोध गरेका छन् । यसअघि सलमान खान अभिनित ‘एक था टाईगर’ ले पनि पाकिस्तानमा प्रदर्शनको अनुमति पाएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment