Comments Add Comment

नम्रता असफल हुँदा करिश्मा फर्किइन्

namrata-and-karisma
यसलाई संयोग नै मान्नुपर्छ कि नेपालकी एक चर्चित नायिका चलचित्र निर्माणमा असफल हँुदा अर्की एक नायिका भने फर्किएकी छिन् ।

चलचित्र निर्माणको पहिलो प्रयासमा नै नायिका नम्रता श्रेष्ठ असफल भएकी छिन् । नम्रताले निर्माण गरेको चलचित्र ‘सोल सिस्टर’ले बक्स अफिसमा पानी पनि नमाग्दा उनले असफलताको स्वाद चाखिन् । यो चलचित्रबाट आफू निर्मातामा पनि सफल हुने विश्वास नम्रताको थियो, तर सोचे जस्तो भएन ।

काठमाण्डौका मल्टिप्लेक्समा नम्रताले बिहिबार नै आधा दर्जन भन्दा बढी शो किनेर चलचित्र चलाएकी थिइन् । तर, उनलाई सफलता मिलेन । नम्रताको दोहोर भूमिका रहेको चलचित्र ‘सोल सिस्टर’ असफल भएपछि नम्रताको स्टारडममै प्रश्न चिन्ह उठेको छ । उनको यो बर्ष ‘नोभेम्बर रेन’ हिट भएको थियो भने ‘ताण्डव’ असफल ।

नम्रता पहिलो चलचित्र निर्माणमै असफल हुँदा नायिका करिश्मा मानन्धर भने १२ बर्षपछि चलचित्र निर्माणमै फर्किएकी छिन् । करिश्माले ‘बाबुसाहेब’ असफल भएपछि नयाँ चलचित्र बनाउन १२ बर्ष लगाइन् ।

नम्रताले अब दोश्रो चलचित्र निर्माण गर्न कती समय लगाउनेछिन्, हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment