Comments Add Comment

कृषि विकास बैंकले १५ प्रतिशत लाभांस दिने

agriculture_development_bank१५ माघ, काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

विहीबार वसेको बैंकको संचालक समितको बैंठकले सो निर्णय गरेको हो ।

बैंकले दिन लागेको १५ प्रतिशत बोनशमा ७ दशमलव ५ प्रतिशत बोनश सेयर दिइने छ भने ७ दशमलव ५ प्रतिशत नगद लाभांस दिने निर्णय भएको संचालक समितिका एक सदस्यले बताए ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्व ६३ करोड ६८ लाख रुपैयाँ रहेको छ । बोनश सेयर वितरणसँगै बैंकको चुक्ता पूँजी १० अर्व ३५ करोड रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment