Comments Add Comment

एक सातामा ३५० यामाहा स्कुटर बिक्री

Yamaha-2
७ फागुन, काठमाडौं । ‘भ्यालेन्टाइन डे’लाई लक्षित गर्दै यामाहाले ल्याइएको ‘लभ इन स्टाइल’ स्किमअन्तर्गत एक सातामा साढे ३ सय स्कुटरहरु बिक्री भएका छन् ।

यस अवधिमा यामा रे जेड र अल्फा स्कुटरको माग उच्च रहेको नेपाली बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले जनाएको छ । नेपाली स्कुटर बजारमा यामाहा रे जेड उत्कृष्ट स्कुटरमध्येमा पर्छ । आकर्षक, भरपर्दो र प्रशस्त माइलेज दिने भएकाले यामाहाका स्कूटरहरु युवा पुस्ताको रोजाइमा पर्ने गरेकोे कम्पनीको दाबी छ ।

यामाहा नेपालको स्कुटर बजारमा दोस्रो स्थानमा रहन सफल भएको छ । उत्कृष्ट रि-सेल भ्यालुको ग्यारेन्टी समेत कम्पनीले नै गरिदिने कारण पनि सबैको पहिलो रोजाइमा यामाहा स्कुटर पर्ने गरेको कम्पनीले बताएको छ ।

यामाहा रे जेड स्कूटरकी ग्राहक बनेपाकी बीपना कोइरालाका अनुसार यामाहाको विशेषता भनेकै स्टाईल, उच्च प्रविधि र माइलेज हो । उनले यामाहा स्कुटर चलाउँदा पूर्ण सन्तुष्टि प्राप्त हुने रिपेर मेन्टिनेन्समा खासै खर्च गर्न नपर्ने बताइन् ।

यामाहा अल्फा प्रयोगकर्ता रिवाज श्रेष्ठ अनुसार यामाहाको विशेषता भनेकै सुविधा र आरामदायीता हो । यामाहा स्कुटरको सटिक डिजाइन र लामो सिटको कारण डबल लोड चढ्दा सहज र धेरै सामानहरु पनि सजिलै अट्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment