Comments Add Comment

लाइसेन्स र ब्लुबुक अब स्मार्ट कार्डमा

१९ फागुन, काठमाडौं । सवारीचालक अनुमति पत्र (लाइसेन्स) वा सवारीधनी दर्ता किताव (ब्लुबुक) च्यातिने, बोकेर हिँड्दा पानीले भिज्ने वा हराएर हैरानी खेप्नुभएको छ ? छ भने अब चिन्ता गर्नु नपर्ने भएको छ ।

smart_cardचाँडै तपाईंले यी समस्याबाट मुक्ति पाउँदै हुनुहुन्छ । यातायात व्यवस्था विभागले आगामी आर्थिक वर्षदेखि लाइसेन्स र ब्लु बुकलाई आधुनिक डिजिटल प्राविधिमा स्मार्ट कार्डमा रुपान्तरण गर्दैछ । कागजी रुपमा रहेका लाइसेन्स र ब्लुबुकलाई डिजिटल प्रविधिमा रुपान्तरण गरेपछि अहिले तपाईंले भोग्दै आएको समस्या पनि हल हुनेछ भने सवारीसाधन व्यवस्थि तगर्न सरकारलाई पनि सजिलो हुने कारोबारमा खबर छ ।

एसियाली विकास बैंकको सहयोगमा सरकारले कागडी कार्डको रुपमा रहेको लाइसेन्सलाई स्मार्ट कार्डमा विकास गर्न लागेको छ । स्मार्ट कार्ड एटीएम कार्डजस्तै डिजिटल कार्ड हो । यसमा सवारी चालक र सवारी धनीको सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ । पहिलो चरणमा सवारी लाइसेन्सलाई यो प्रविधिमा रुपमान्तरण गर्ने र त्यसपछि ब्लुबुकलाई पनि लैजाने तयारी रहेको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले बताए ।

एडीबीको इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी प्रोजेक्टअन्तर्गत लाइसेन्स र ब्लु बुकलाई स्मार्ट कार्डमा रुपमान्तरण गर्न लागिएको हो । यो प्रविधिका लागि बैंकले विभागलाई १५ करोड रुपैयाँ सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment