Comments Add Comment

अन्तिम तीनको भिडन्त, को बन्ला नयाँ नेपाली तारा ?

nepali taraकाठमाडौ । नेपालको सांगीतिक रियालीटी सो कोका-कोला ‘नेपाली तारा ३’ को अन्तिम चरण सुरु भएको छ । नेपाली तारा ३ को यो यात्रा भदौ १७ देखि धरानबाट सुरु भएको थियो । त्यसपछि नारायणगढ, बुटवल, पोखरा, भक्तपुर हुँदै राजधानी काठमाडौँ आएको थियो ।

हजारौँ सांगीतिक प्रतिस्पर्धीहरुको भिडलाई पछि पार्दै सुरेस लामा, प्रताप लामा र देबेस राई अन्तिम ३ प्रतिस्पर्धीका रुपमा छनौट भएका छन् ।

नेपाली तारा ३ को फाईनल प्रतियोगिता २२ फागुनमा भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा हुने भएको छ । उत्कृष्ट तीन प्रतियोगीहरुले आफनो अन्तिम स्टुडियो प्रदर्शन दिइसकेका छन् र निर्णायकहरुले उनीहरुलाई अंक पनि दिएका छन् तर, अहिलेसम्म खुलासा गरिएको छैन ।

अब सोही अंकमा दर्शकको भोट पनि जोडिने छ । भोटिङ लाइन २२ फागुन, २०७१ को बिहान १० बजेसम्म खुला रहने छ ।
तीनैजना उत्कृष्ट प्रतियोगीहरु आ-आफ्नै गायन क्षेत्रमा पोख्त छन् र सबैको आफ्नै गाउने स्टाइल छ । सुरेस लामा चित्ावनको एउटा सानो गाउँबाट गायक बन्ने धकेको बोकेर आएका हुन् ।

उनी चित्ावन आइडलको पनि रनर अप भइसकेका छन् । यस्तै, अर्का प्रतिस्पर्धी मोरङका प्रताप लामा रहेका छन् जसले आफुलाई प्रतियोगीताको स्टाइलिस ब्यक्तिका रुपमा प्रस्तुत गरेका छन् ।

नेपाली ताराको दोस्रो सिजनका रनरअप सूर्य किरण लामाका भाइ प्रताप रेष्टुरेण्टहरुमा गाउँछन् । यस्तै इटहरीका देबेस राई पप गीतहरु गाउन बढी रुचाउँछन् ।

प्रतियोगिताको विजेताले एउटा बजाज डिस्कोभर मोटरसाइकल लगायत दुईलाख पचास हजार नगद पुरस्कार र ३ वटा गीत गाउने अवसर पाउनेछन् । जसको ३ वटा म्युजिक भिडियो पनि बनाइने छ ।

अन्तिम १० प्रतियोगिहरु प्रत्येकले एघार हजार नगद पुरस्कारका साथ विशेष टपटेन एल्वममा एउटा गीत गाउने अवसर पाउनेछन् । यसका साथै विजेताले दक्षिण कोरियाको सियोलमा कन्सर्टको पनि मौका पाउनेछन् ।

विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्टे्रलिया टि्रपमा जाने अवसर पाउनेछन्, जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन टि्रपमा जाने अवसर पाउनेछन् । अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment