Comments Add Comment

विमान दुर्घटनाको प्राविधिक जाँच गर्ने टर्किस एयरलाइन्सको घोषणा

२० फागुन, काठमाडौं । टर्किस एयरलाइन्सले बुधबार बिहान काठमाडौंमा भएको विमान दुर्घटनाको कारणबारे प्राविधिक जाँच गर्ने बताएको छ ।

बुधबार अपरान्ह टर्की एयरलाइन्सका तर्फबाट जारी विज्ञप्तिमा दुर्घटनाको पुष्टि गर्दै विमान (टीके ७२६) मा एक शिशुसहित २२४ यात्रुहरु रहेको बताइएको छ । विमानमा रहेका सबै यात्रु र चालक दलका ११ सदस्यहरु सकुशल रहेको एयरलाइन्सले बताएको छ । एकजना यात्रु बिरामी भएर अस्पताल भर्ना गरिएको एयरलाइन्सले पुष्टि गरेको छ ।

विमान अवतरण गर्ने क्रममा भावन मार्गमा चिप्लिएको बताइएको छ । तर, यसको कारणबारे प्राविधिक जाँच गरिने एयरलाइन्सले स्पष्ट पारेको छ ।

Turkish-Airlines

यो पनि पढ्नुस् 

यात्रुको स्मरण : पाइलट महान छन्, जसले हामीलाई बचाए (भिडियोसहित)

टर्कीस एयरको विमान काठमाडौंमा दुर्घटना, सबै यात्रुको सकुशल उद्दार (भिडियोसहित)

 अन्तराष्ट्रिय उडान तथा अवतरण भोलि ४ बजेसम्म ठप्प हुने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment