Comments Add Comment

होलीमा ‘मापसे’ गर्नेसहित १२७ सवारी साधन नियन्त्रण

Holi-MA-CHECKING२१ फागुन, काठमाडौं । विगतका होलीभन्दा यस वर्ष मर्यादित र शान्तिपूर्ण रुपमा होली पर्व मनाइँदै गरेको प्रहरीले जनाएको छ । यसपटक विगतमा जस्तो जबर्जस्ती रंग र पानी खन्याउने तथा झैझगडाका घटनामा पनि धेरै कमी आएको पाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा अनुसार हालसम्म कुनै पनि अप्रिय घटनाका खबर प्राप्त भएका छैनन् । सडकमा पनि सहज रुपमा आवत-जावत भइरहेको छ ।

तर, होलीका दिन दिउँसै मदिरा सेवन गरेर सवारी चलाउने तथा ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई महानगरीय ट्राफिक प्रहरीले नियन्त्रणमा लिइरहेको ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्र पोखरेलले अनलाइनखबरलाई बताए ।

मध्यान्ह १२ बजेसम्म राजधानीका बिभिन्न ठाउँबाट मापसे सहित अन्य नियम उल्लंघन गरेका १ सय २७ सवारी साधन नियन्त्रणमा लिइएको पोखरेलले बताए ।

‘मदिरा दिउसै सेवन गरेर सवारी चलाउनेसहित अन्य ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई आवश्यकता अनुसार कारवाही गरिएको छ’ पोखरेलले भने ‘तीनजना बसेर मोटरसाइकल चलाउने, तीब्र गतिमा सवारी चलाउने र होहल्ला गर्दै सवारी चलाउनेलाई नियन्त्रणमा लिएर सवारी साधन राखेर छाडिएको छ’ ।

महानगरीय ट्राफिक प्रहरीले राजधानीका बिभिन्न ५२ स्थानमा चेक प्वाइन्ट खडा गरेर दुर्घटना रोक्ने प्रयास गरेको उनले बताए । मध्यान्ह १२ बजेसम्म राजधानीमा कुनै पनि दुर्घटनाको खबर प्राप्त नभएको कार्यालयले जनाएको छ ।

रुकुममा भने होली मनाइरहेका एक बालकको ट्रकले किचेर मृत्यु भएको छ ।

राजधानीमा देखिएको होलीको रौनक

CHILDREN-PLAYING-HOLI-at-Bh

Holi-final-2071Holi-2071Holi-2071-2Holi-2071-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment