Comments Add Comment

होलीमा नाक गुमेपछि …

२२ फागुन, दाङ । होलीको रमाइलो गरिरहँदा नाक नै गुमाउनुपर्ला भन्ने के थाहा । तर, दाङको देउखुरीमा यस्तै अनौठो घटना भएको छ ।

रङ अबिरसँगै पिकनिकको रमाइलो गरिरहेको अवस्थामा आपसमा भनाभन हुँदा देउखुरीका एक युवकले नाक टोकेपछि अर्का एक युवकको नाक छिनिएको छ ।

होलीको रमाइलोसँगै पिकनिक खानका लागि सतबरिया–१ बनघुस्री पुगेका लमही नगरपालिका–८ बस्ने ४० वर्षीय शिवकुमार कुमाल र सोही स्थान बस्ने ४७ वर्षीय देवराज कुमालको आपसमा भनाभन हुँदा शिवकुमार कुमालले देवराज कुमालको नाक टोकेर छिनालेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइते देवराज कुमाललाई प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि जिल्लाबाहिर पठाइएको प्रहरीले जनाएको छ ।

नाक टोक्ने शिवकुमार कुमाललाई वडा प्रहरी कार्यालय लमहीले आफ्नो नियन्त्रणमा लिएको प्रहरीप्रमुख लक्ष्मणबहादुर शाहीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment