Comments Add Comment

प्रेम टुटेकाहरुका लागि ५ दिनको विशेष प्याकेज

love

प्रेममा पागल भएका वा निकै गहिराइमा पुगिसकेकाहरुका लागि प्रेमसम्बन्ध टुट्नु लरतरो चोट होइन । कतिपयले यसलाई सहजै लिने भएपनि कतिपयले आत्महत्या वा हत्यासम्मको बाटो अपनाउन पछि पर्दैनन् । कोही भने डिप्रेसनको सिकार भएर समय गुजार्न पुग्छन् ।

प्रेममा धोका खाएर विरक्तिएका यस्तै युवा युवतीहरुका लागि केही खुसीको खबर छ । ब्रेकअपको पीडा भुल्न नसकेकाहरुका लागि यस्तो भ्याकेसन प्याकेज आएको छ जसले दुखेको मुटुको पीडा कम गर्नेछ ।

हो, स्कटल्याण्डको सबैभन्दा ठूलो सहर ग्लास्गोमा रहेको एक कम्पनीले ब्रेकअपको पीडा भोगिरहेकाहरुलाई लक्षित गर्दै एक विशेष प्याकेज ल्याएको छ । जसको नाम हो, गि्रफ रिट्रिट । यसमा मानिसको मनको नकारात्मक भावलाई सकारात्मकतामा बदल्ने कोसिस गरिन्छ । ग्लास्गोस्थित ओरडक हाउसमा वर्षमा ४ पटक यस्तो प्याकेज संचालन गर्ने लक्ष्य राखिएको छ ।

१ सय ३३ एक्कड क्षेत्रफलमा बनेको ओरडक हाउस इस्टेटमा १७ बेडरुम, एक ठूलो डाइनिङ रुम, केही बैठक कोठा तथा केही ब्रेक आउट स्पेस रहेका छन् ।

यो प्याकेज अन्तरतग मानिसहरुलाई ५ दिनको समय रहन्छ । होटलमा मज्जाले बस्नुका अतिरिक्त चर्चित मनोपरामर्शदाताहरुले परामर्श दिन्छन् । साथै दिमागबाट पीडा वा विछोडको तितोपना मेटाउनका लागि केही खेलकुदका कार्यक्रम पनि संचालन गरिन्छ ।

साथै नाचगान गर्न र सिक्नका लागि प्रशिक्षकको समेत व्यवस्था गरिन्छ । साथै योगाको कक्षा पनि संचालन गरिन्छ । एक पटकका २० जना उक्त होटलमा रहनेछन् ।

यो ५ दिने विशेष प्याकेजमा सहभागी हुनका लागि झण्डै ४ लाख नेपाली रुपैयाँ बराबरको रकम खर्चिनु पर्छ । गोजीमा गाँठ भएका तर प्रेम सम्बन्ध टुटेर आँतमा शान्ति नभएका हरुका लागि यो प्याकेज निकै फलदायी हुने पक्का छ ।- एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment