Comments Add Comment

कार्की काठमाडौंदेखि लुम्बिनीसम्म दौडिने

११ चैत, काठमाडौं । धावक रामसुन्दर कार्की काठमाडौंदेखि लुम्बिनीसम्म दौड्ने भएका छन् । यसअघि छ पटकसम्म काठमाडौं-लुम्बिनी दौडी सकेका कार्कीले बैशाख १७ गते दौड सुरु गर्ने भएका छन् ।

करिब ३ सय २० किलोमिटर दूरी बुद्ध जयन्तीका दिन बैशाख २१ गते पूरा गर्ने कार्कीले जनाएका छन् । दौडका लागि प्रायोजकबाट उठ्ने कुल रकम मध्ये २५ प्रतिशत रकम चरिकोटस्थित गौरी बालगृहलाई आर्थिक सहयोग प्रदान गर्ने कार्कीले बताए ।

२०७० सालमा पनि कार्कीले दौडबाट संकलित रकम मध्ये १५ हजार गौरी बालगृहलाई नै प्रदान गरेका थिए ।

हरि र विश्वरुपा चीनतर्फ

मध्यम दूरीका धावकद्वय हरिकुमार रिमाल र विश्वरुपा बुढा विश्व क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुन बुधबार चीनको गुइवान प्रस्थान गरेका छन् ।

माच २८ तारिखमा हुने च्याम्पियनसिपमा हरिले पुरुषको १२ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् । विश्वरुपाले महिलाको ८ किलोमिटर दूरीमा भाग लिने छिन् ।

घरेलु प्रतियोगितामा दुवैले नेपाल आर्मीको प्रतिनिधित्व गर्छन् ।

गत फागुन ७ गते भएको कान्तिपुर हाफ म्याराथन र पुस ५ गते भएको एडिडास रोड रेसको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् । हरि र विश्वरुपाले राजधानीमा भएको उक्त दुवै प्रतियोगितामा पहिलो स्थान हात पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment