+
+
Shares

सप्तरीमा भीषण आगलागी, ८९ घर जले, एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १३ गते ६:५०

१३ चैत, सप्तरी । कञ्चनपुर नगरपालिका- ६ स्थित दलित बस्तीमा विहीबार राति भीषण आगलागी भएको छ । आगलागीबाट एक वृद्धको मृत्यु हुनुका साथै ३३ परिवारका ८९ घर जलेर नष्ट भएका छन् । आगोबाट बचाउन २७ घर भत्काइएका छन् ।

नवघोषित नगरपालिकाको साे बस्तीमा राति परालको कुन्युबाट आगो सल्किएको थियो । झमेली सरदारको घरबाट आगो सुरु भएको थियो । आगो निभाउन राजविराज, इनरुवा र इटहरीबाट दमकल झिकाइएको थियो ।
आगलागीमा परी स्थानीय वृद्ध चलितर सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ । क्षतिको पूरा विवरण आउन बााकी छ ।
नगरपालिका घोषणा गरिए पनि कञ्चनपुरमा दमकल छैन । सप्तरीको राजविराजमा एउटा मात्रै दमकल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?