Comments Add Comment

वैद्य माओवादी र एकीकृतबीच पार्टी एकता हुने निश्चित

१३ चैत, काठमाडौ । नेकपा-माओवादी र नेकपा (एकीकृत)बीच पार्टी एकता हुने भएको छ । लामो समयदेखि एकता प्रक्रियाका लागि छलफल चलाइरहेको दुवै पार्टीबीच मालेमा, नयाँ जनवाद, जनविद्रोह, जनवादी केन्द्रीयता, तात्कालिन कार्यनीति लगायतका विषयमा समान धारणा बनेको निश्चित गर्दै पार्टी एकता गरिने भएको हो ।
Mohan baidhya Kiran
वैचारिक तथा राजनीतिक प्रस्तावमा समान धारणा बनेकोले पार्टी एकताको प्रक्रियालाई अगाडि बढाउने तथा आवश्यक तयारीका लागि दिुई पार्टीको तर्फबाट चार/चार सदस्य रहने गरी ‘पार्टी एकता संयोजन समिति’ गठन गरिएको नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले जानकारी दिए ।

पार्टी एकता संयोजन समितिमा वैद्य माओवादीको तर्फबाट वैद्यसहित, सीपी गजुरेल, रामबहादुर थापा ‘बादल’ र देव गुरुङ रहेका छन् भने नेकपा (एकीकृत)को तर्फबाट परि थापा, रामसिंह श्रीस, सीताराम तामाङ र केबी गुरुङ् रहेको छन् ।

संयोजन समितिले सहमत हुन बाँकी विषयमा समान धारणा बनाउने, पार्टीको साझा सैद्धान्तिक राजनीतिक प्रस्तावहरु तयार गर्ने तथा पार्टी एकताका लागि आवश्यक संगठनात्मक एकीकरणको तयारी गर्ने नेकपा-माओवादीका अध्यक्ष वैद्य र एकीकृतका परि थापाद्वारा विहीबार जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

नयाँ पार्टी गठन गरेको दुई वर्षमै पार्टी विभाजित भएपछि वैद्य माओवादीले एकीकृत माओवादीसँग एकता गर्न पनि पहल जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment