Comments Add Comment

आईसीसी ड्रिम टीमको कप्तान ब्रेन्डन म्याकलम

Brendon-McCullum

१६ चैत, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्वकप क्रिकेट २०१५ को टीम घोषणा गरेको छ ।

विश्वकपमा परेको प्रदर्शनका आधारमा आईसीसी टीम अफ दि क्रिकेट वल्र्डकप २०१५ घोषणाा गरिएको । टीममा एक जना पनि भारतीय क्रिकेटर परेनन् ।

च्याम्पियन अष्ट्रेलियाका तीन खेलाडी मात्र छन् भने उपविजेता न्यूजिल्याण्डका कप्तानसहित पाँच क्रिकेटर आईसीसीको टीममा परेका छन् ।

टीमको कप्तान ब्रेन्डन म्याकलम छन् । उनी न्यूजिल्याण्डका कप्तान समेत हुन् । ४४ दिनसम्म चलेको प्रतियोगितानमा न्यूजिल्याण्डको आक्रामक र प्रेरणदायक नेतृत्व गरेका कारण म्याकुलमलाई विश्वकप टीमको कप्तानमा छनोट गरिएको आईसीसीले जनाएको छ ।

म्याकलमले ९ खेलमा ३२८ रन समेत बनाएका छन्, जसमा चार अर्धशतक समेत छ ।

टीममा न्यूजिल्याण्डका मार्टिन गुप्टिल, कोरी एण्डरसन, डेनियल भिट्टोरी र टेन्ट्र बोल्ट परेका छन् ।

विजेता अष्ट्रेलियाका स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क परेका छन् ।
श्रीलंकाका कुमार सांगाकारा अक्षिण अफ्रिकाका एबी डिभिलियर्स र मार्ने मोर्केल पनि टीममा छन् ।

जिम्बावेका ब्रेन्ढन टेलर १२ औं खेलाडीका रुपमा छन् । उनले ६ खेलमा ४३३ रन बनाएका थिए ।

आईसीसीका अनुसार बंगलादेशका महमुदुल्लाह, यूएईका साइमन अनवर, भारतका उमेश यादव, मोहम्मद शामी र आर अश्जिन,  पाकिस्तानका वाहब रियाज र दक्षिण अफ्रिकाका इमरान ताहिर सम्भावित खेलाडीका रुपमा छलफल भएको थियो ।

ब्याटिङ अडरका आधारमा टीमका सदस्यहरु

ब्रेण्डन म्याकुलमा – न्युजिल्याण्ड (कप्तान)
मार्टिन गुप्टिल – न्युजिल्याण्ड
कुमारा सांगाकार – श्रीलंका (विकेटकिपर)
स्टेभेन स्मिथ – अष्ट्रेलिया
एबी डिभिलियर्स – दक्षिण अफ्रिका
ग्लेन म्याक्सवेल – अष्ट्रेलिया
कोरे एन्डर्सन – न्युजिल्याण्ड
डेनियल भिट्टोरी – न्युजिल्याण्ड
मिचेल स्टार्क – अष्ट्रेलिया
ट्रेन्ट बोल्ट – न्युजिल्याण्ड
मोर्ने मोर्केल – दक्षिण अफ्रिका
ब्रेण्डन टेलर – जिम्बाबे (१२ औं खेलाडी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment