Comments Add Comment

नेता-कार्यकर्तालाई आन्दोलनमा खटिन एमाओवादीको निर्देशन

१७ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीले आन्दोलनमा खटिन सबै नेताहरुलाई निर्देशन दिएको छ । केन्द्रीय सदस्य तथा सभासदहरुको मंगलबार बसेको संयुक्त बैठकमा अध्यक्ष प्रचण्डले सबैलाई जिल्लामा गएर आन्दोलनमा खटिन निर्देशन दिएका हुन् ।

फाइल तस्वीर
फाइल तस्वीर

सरकार विरुद्ध आन्दोलनको विकल्प नभएको भन्दै उनले यसअघि बनाइएका तीनवटा कमाण्ड अनुसार नै नेता कार्यकर्तालाई सक्रियरुपमा कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिएको नेता गिरिराजमणि पोख्रेलले जानकारी दिए ।
एमाओवादीले आन्दोलनलाई सशक्त बनाउन भन्दै मध्य कमाण्ड, पश्चिम कमाण्ड र पूर्वी कमाण्ड बनाएर कार्यविभाजन गरेको छ । मध्य कमाण्डको नेतृत्व प्रचण्डले, पश्चिम कमाण्डको नेतृत्व डा. बाबुराम भट्टराईले र पूर्वी कमाण्डको नेतृत्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गरेका छन् ।

प्रचण्डले ३० दलीय मोर्चाले तय गरेको आन्दोलनको कार्यक्रमबारे बैठकमा जानकारी गराएका थिए । मोर्चाको सोमबारको बैठकले यसअघि घोषित २३ गतेसम्मको आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो ।

२१ गते देशव्यापी अन्तरक्रिया र २४ देखि २६ गतेसम्म आमहड्तालको कार्यक्रम भने मोर्चाले यथावत राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment