Comments Add Comment

संविधानसभा बैठक अवरोध गर्ने राप्रपा नेपालको चेतावनी

१७ चैत, विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको राजनीतिक गतिरोधको अन्त्यका लागि संविधानसभामा सम्मिलित दलहरूको सर्वदलीय बैठक बोलाउनुपर्ने माग गरेका छन् ।

फाइल फोटो
फाइल फोटो

विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष थापाले सर्वदलीय बैठकबाट कार्यतालिका बनाउने र संविधानसभाको अन्तरवस्तुबारे निर्णय गर्न विधि र प्रक्रिया निर्धारण गर्नुपर्नेमा जोड दिए ।

उनले चैत २३ गतेदेखि सुरु हुन लागेको संविधानसभाको बैठकमा धर्म निरपेक्षता, संवैधानिक राजसंस्था र सङ्घीयताको विषयमा प्रश्न उठाउन नदिए बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष थापाले प्रश्नावली प्रस्ताव समितिले असंवैधानिक र अप्रजातान्त्रिक तरिकाले प्रश्नसमेत उठाउन अवरोध गरेपछि यसअघिको संविधानसभाको बैठक बहिष्कार गरेकामा यसपटक भने अवरोध गर्ने स्पष्ट पारे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment