Comments Add Comment

चीन भ्रमण पूरा गरी राष्ट्रपति यादव स्वदेश फिर्ता

१८ चैत, काठमाडौं । साताव्यापी चीन भ्रमणमा पूरा गरी राष्ट्रपति डा. रामवरण यादव बुधबार स्वदेश फर्किएका छन्  । १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चैत १२ गते चीन गएका राष्ट्रपति यादव बुधबार ११ बजेपछि काठमाडौं आइपुगेका हुन् ।

Rambaran-Yadav-Returns From China

  • चीनबाट फर्किएका राष्ट्रपति रामवरण यादव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा

डा. यादव चीनको दक्षिण प्रान्त हेनानको बोआओ शहरमा आयोजित ‘एसियाका लागि बोआओ मञ्च’को वार्षिक सम्मेलनमा भाग लिन त्यसतर्फ गएका थिए ।

चीन भ्रमणका क्रममा बोआओ सम्मेलनलाई सम्बोधन गर्नुका साथै राष्ट्रपति यादवले चिनियाँ समकक्षी सि जिनपिङ, अस्टि्रयाका राष्ट्रपति डा. हेनिज फिस्चर र स्वीडेनका प्रधानमत्री स्टेफन लफभेनसँग भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment