Comments Add Comment

कुमारी बैंकले ल्यायो सय दिने आकर्षक मुद्दति योजना

Kumari bank१८ चैत काठमाडौं । कुमारी बैंक लिमिटेडले १४औं वाषिर्कउत्सवको अवसरमा आकर्षक मुद्दति निक्षेापमा योजना सञ्चालनमा ल्याएको छ । सय दिने उक्त मुद्दति खातामा ६.५० प्रतिशत व्याजदर दिने बैंकले जनाएको छ ।

न्यूनतम् १ लाखमा खोल्न सकिने यस मुद्दति खातावाट छोटो अवधिमा उच्च प्रतिफलको लाभ लिन सकिने विश्वास बैंकले लिएको छ । चैत १५ देखि लागु हुनेगरी १ महिना भित्रमा मुद्दति खाता खोल्नु पर्ने बैंकले जनाएको छ ।

हाल बैंकलेे ३४ शाखा, २ एक्स्टेन्सन काउन्टर तथा ४० एटिएमद्वारा गुणस्तरीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment