Comments Add Comment

कोस्टा ब्लान्कामा नेपाली नयाँ वर्षको रमझम

barsa-1वसन्त रानाभाट 

बार्सिलोना । नेपालीहरुको बाक्लो बसाई रहेको युरोपियन मुलुक स्पेनका बिभिन्न शहरहरुमा नयाँ वर्ष मनाईरहदा   कोस्टा ब्लान्का क्षेत्रमा रहेका नेपालीहरुले पनि शुभकामना आदानप्रदान कार्यक्रमको सम्पन्न गरेका छन् । बिबिध साँस्कृतिक कार्यक्रम सहित नेपाल स्पेन समाजले आयोजना गरेको कार्यक्रममा नेपालीहरु रमाउदै नयाँ बर्षको स्वागत गरेका हुन्।

barsa-2कार्यक्रममा  दिया बिष्ट, सिद्विका गुरुङ, मनसुन पोख्रेल, रेबेका श्रेष्ठ, एलिशा ढुंगाना, अनुपा ढुंगाना, अपेक्षा ढुंगाना, एलिशा लामिछाने, कृपा पौडेल, कृष्ण खत्री, सिद्वान्त गुरुङ्ग न्यारी सापकोटा दिवाकर गुरुङ, श्रीभक्त पौडेल लगायतले नृत्य, गायन, गजल प्रस्तुत गरेका थिए।

barsa-3समाजका समाजका अध्यक्ष लालबहादुर केसीले कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थिति रहेकोमा खुशी ब्यक्त गरेका छन्। उनले मौका मिले आगामी वर्ष नेपाली चर्चित कलाकारहरुलाई उपस्थित गराएर कार्यक्रमलाई अझ लोकप्रिय बनाउने सोच बनाएका बताए । समाजले आफ्नो स्थापनाकाल सन् २००९ देखि नै औपचारीक अनौपचारीक रुपमा कार्यक्रमहरु गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment