Comments Add Comment

जाजरकोटमा थप तीनको मृत्यु, मृत्यु हुनेको संख्या २१ पुग्यो

४ वैशाख, जाजरकोट । तीन सातादेखि फैलिएको फ्लुका कारण थप तीन जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार अर्छानी गाविस–२ का ५० वर्षीय बादी टमटा, अर्छानी–७ का ५८ वर्षीय हंशबहादुर टमटा र अर्छानी–४ का दुई वर्षीया बालिका ऋतु टमाटाको उपचारका क्रममा मृत्यु भएको छ ।

अहिलेसम्म रोग प्रभावित क्षेत्रमा सयौं बिरामीको उपचार गरिएको बताएको छ । जिल्लाको पैंकमा एक हजार २००, सक्लामा १७८, पजारुमा ४२१, नायकवाडामा १०० र अर्छानी र टालेगाउँमा स्वास्थ्यकर्मी भर्खर परिचालन भएका छन् ।

जाजरकोटको ग्रामीणस्तरमा रहेका स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या  भएको छ ।

दुई सय ३५ जना स्वास्थ्यकर्मीको दरबन्दीमा १७४ जनाको पदपूर्ति भएको छ भने ६१ जना स्वास्थ्यकर्मीको दरबन्दी खाली रहेको छ । मेडिकल अधिकृत दुई जनाको दरबन्दी खाली रहेको छ ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत एक जना खाली रहनुका साथै हाल निर्मितको भरमा काम चलिरहेको छ । सिनियर अहेब नौ जनाको दरबन्दी रिक्त रहेको छ ।

त्यस्तै चार जना अहेबको दरबन्दी खाली रहेको छ । चार जना स्टाफ नर्सको पद खाली छ । त्यस्तै एक जना मेडिकल सुपरिटेन्डेन्ट रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment