Comments Add Comment

अम्बिका स्मृति जुडो भोलि

४ वैशाख, काठमाडौं । नेपाल जुडो संघको आयोजनामा छैटौं अम्बिका स्मृति राष्ट्रव्यापी जुनियर तथा क्याडेट जुडो प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा विभिन्न जिल्ला, अनाथलय र स्कुल गरी जम्मा २३ टिमका १ सय १० खेलाडीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी गराए ।

६७ पुरुष र ४३ महिला खेलाडीले १६ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् । क्याडेटको पुरुष/महिलामा ४-४ तथा जुनियरको पुरुष/महिलामा ४-४ स्पर्धा समावेश छन् ।

यसै प्रतियोगितालाई अबको ६ महिनाभित्र हुने अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताका लागि खेलाडी छनोटका रुपमा समेत लिइने अध्यक्ष वज्राचार्यले बताए ।

प्रतियोगिता सञ्चालन गर्न ३ लाख २५ हजार खर्च हुने जुडो संघका महासचिव रमेश महर्जनले जानकारी गराए । त्यसमा स्व. अम्बिकाका परिवारले १ लाख ७५ हजार सहयोग गरेको छ ।

एकदिने प्रतियोगिताका खेलहरु नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) को हलमा हुनेछ । विगतका पाँचै संस्करण सिनियर स्तरमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment