Comments Add Comment

ह्वाइटहाउस खुला बास्केटबलको फाइनलमा

५ वैशाख, काठमाडौं । ह्वाइटहाउस दोश्रो बीएमके खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ शनिबार फाइनलमा प्रवेश गरेको छ ।

राउन्ड रोविन लिगको अन्तिम खेलमा ह्वाइटहाउसले एनसीसीएसलाई ७२-६ को भारी अन्तरले पराजित गर्दै समूह विजेताका रुपमा फाइनलमा पुगेको हो । ह्वाइटहाउसको जितमा ज्ञानु गौचनले १३ अंक योगदान गरिन् ।

ह्वाइटहाउस चारै क्वाटरमा हावी रह्यो । ह्वाइटहाउसले चार क्वाटरमा क्रमशः २१-०, २०-२, १७-४ र १४-० को अग्रता लिएको थियो । विशाल मिलन केन्द्रद्वारा आयोजित प्रतियोगिताको फाइनलमा ह्वाइटहाउसले उपविजेताका रुपमा फाइनल यात्रा गरेको प्राइमको सामना गर्नेछ ।

पुरुषको सेमिफाइनल गोल्डेनगेट र साउथ साइडर्स तथा पेन्टागन र नेपाल आर्मीबीच आइतबार हुनेछ । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment