Comments Add Comment

ऋतिकले छाडेका यी चर्चित चलचित्र, गर्दैछन् हलिउडमा प्रवेश

ritik-roshan-body
हलिउड नायकको जस्तै लुक्स भएका बलिउड नायक हुन् ऋतिक रोशन । ऋतिक रोशनले हलिउडमा प्रवेश गर्नुपर्छ भन्ने पनि धेरै छन् । तर, ऋतिक स्वयंम भने आफूले थुप्रै हलिउड चलचित्रलाई रिजेक्ट गरेको बताउँदै आएका छन् । उनै ऋतिकले यो बर्ष आफू हलिउडमा प्रवेश गर्ने बताएका छन् ।

ऋतिकले यो बर्ष ‘पिन्क प्यान्थर २’ नामक हलिउड चलचित्रमा काम गर्ने चर्चा चलिरहेको छ । ऋतिकले भने आफूले यो बर्ष हलिउडमा प्रवेश गर्ने कुरालाई स्विकार गरेपनि अन्य कुरा बताएका छैनन् । उनै ह्यान्डसम नायकले थुप्रै चर्चित र सफल बलिउड चलचित्रलाई पनि अस्विकार गरेका थिए ।

करण जोहरले निर्माण गर्न लागेको चलचित्र ‘शुद्धी’बाट ऋतिकले हात झिकेका छन् । उनले नायिका करिना कपुरसँग यो चलचित्रमा काम गर्ने बताइएको थियो । तर, नवन्दै सर्वाधिक चर्चामा रहेको यो चलचित्रबाट उनले हात झिकेर गल्ती गरेको धेरै बलिउडकर्मी बताउँछन् ।

ऋतिकले छाडेका चलचित्रमा ‘शुद्धी’ मात्र पर्दैन । उनले हिट बलिउड चलचित्र ‘दिल चाहाता हे’बाट पनि हात झिकेका थिए । यस्तै, उनले अर्को सफल चलचित्र ‘बन्टी और बब्ली’बाट पनि हात झिकेका थिए । पछि यो चलचित्रमा अभिषेक बच्चनले काम गरे । चलचित्र व्यापारिक रुपमा हिट पनि भयो ।

आमिर खानको सर्वाधिक चर्चित चलचित्र ‘रंग दे बसन्ती’मा सुरुमा ऋतिकलाई नै अफर गरिएको  थियो । तर, पछि उनले यो चलचित्र नगरेपछि आमिर खानले यसमा काम गरे । यसले प्रशंसा र दाम दुबै कमायो ।

साहरुख खानले अभिनय गरेको चलचित्र ‘स्वदेश’मा पनि सुरुवातमा रोशनलाई नै अफर गरिएको थियो । यो चलचित्रले थुप्रै अवार्ड र प्रशंसा पायो ।

यस्तै, साहरुख खानले नै अभिनय गरेको चलचित्र ‘मे हुँ ना’मा पनि ऋतिकलाई नै अफर गरिएको थियो । तर, ऋतिकले यो हिट चलचित्रबाट पनि हात झिके । उनलाई साहरुख खानका भाइको भूमिकामा अफर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment