Comments Add Comment

योगेन्द्र यादव र प्रशान्त भुषण आपबाट निष्कासित

Yogendra yadav and Prasanta bhushan

८ वैशाख, नयाँदिल्ली । आम आदमी पार्टीले योगन्द्र यादव र प्रशान्त भुषणसहितका नेताहरुलाई पार्टीबाट निष्कासन गरेको छ ।

अनुशासन समितिले योगेन्द्र यादव, प्रशान्त भुषण, प्राध्यापक आनन्द कुमार र अजित झालाई पार्टी विरोधी गतिविधि गरेको भन्दै निष्कासित गरेको आपका प्रवक्ता दीपक वाजपेयीलाई उदृत गर्दै पीटीआईले जनाएको छ ।

चार नेतालाई पार्टी विरोधी गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधिएको थियो । उनीहरुको जवाफ आएपछि यो कदम चालिएको बताइएको छ ।

प्रशान्त भुषणले अनुशासन समिति गठनमा नै प्रश्न उठाउँदै असंवैधानिक भनेका थिए । अनुशासन समिति कहिले, किन गठन भएको आफूलाई जानकारी नभएको भुषणको जवाफमा उल्लेख थियो ।

साथै उनले समितिका दुई सदस्य पंकज गुप्ता र आशिष  खेतानलाई हटाउन माग गरे ।

गत साता पार्टीविरुद्ध गुडगाउँमा स्वराज सम्वाद आयोजना गरेपछि चार नेतामाथि पार्टी विरोधी गतिविधि गरेको अरोप लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment