Comments Add Comment

आईपीएल : कलकत्ताको लगातार दोस्रो जित

१४ चैत, काठमाडौं । कलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।

इडेन गार्डन्समा बुधबार राति भएको खेलमा घरेलु टोली कलकत्ताले किंग्स इलाभेन पञ्जाबलाई २८ रनले पराजित गरेको हो ।

कलकत्ताले दिएको २१९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले निर्धारत २० ओभरमा चार विकेटको क्षतिमा १९० रन मात्र बनाउन सक्यो । पन्जाबका लागि मायांक अग्रवालले ५८ रन बनाए । त्यस्तै, डेभिड मिल्लरले अविजित ४३ रन बनाउँदा मन्दीप सिंहभने ३३ रनमा अविजित रहे । विष्फोटक ब्याट्सम्यान क्रिस गेलले भने २० रन बनाए ।

बलिङतर्फ कलकत्ताका आन्द्रे रुसेलले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कलकत्ताले निर्धारत २० ओभरमा चार विकेटको क्षतिमा २१८ रनको विशाल योगफल तयार पारेको थियो ।

कलकत्ताका लागि रविन उथप्पाले विष्फोटक ब्याटिङ गर्दै अविजित ६७ रन बनाए । उनले ५० बलमा ६ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, नितिश रानाले ६३ रन बनाए । ३४ बलको सामना गरेका नितिशले सात छक्का र दुई चौका प्रहार गरे । त्यस्तै, कलकत्ताका लागि आन्द्रे रुसेलले उत्कृष्ट प्रदर्शन गर्दै १७ बलमै ४८ रन बनाए । उनले ५ छक्का र तीन चौका प्रहार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment