Comments Add Comment

पपुवा न्युगिनीमा शक्तिशाली भुकम्प, सुनामीको खतरा

Papuwa-New-Guinea

२२ बैशाख, काठमाडौं । पपुवा न्युगिनीमा ७.४ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको छ । पपुवाको दक्षिणी तटिय क्षेत्रमा गएको भुइँचालोपछि सुनामीको खतरा उत्पन्न भएको छ । सरकारले भुकम्पको केन्द्रविन्दु आसपासको ३ सय किलोमिटर क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार कोकोपो सहर भन्दा ८३ माइल दक्षिण पश्चिम केन्द्र विन्दु बनाएर भुकम्प गएको हो । ७.४ म्याग्नेच्युडको मुख्य धक्काको १० मिनेटपछि नै ५.९ रेक्टरको पराकम्पन गएको थियो । तत् पश्चात पनि ५ रेक्टर भन्दा माथिका दुइवटा पराकम्पन गैसकेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

भुकम्पबाट भएको क्षतिको विवरण प्राप्त भैनसकेको तथा भुकम्पीय क्षेत्रमा निकै पातलो बस्ती रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment