Comments Add Comment

भूकम्पमा ज्यान गुमाएका खेलाडीका परिवारलाई एक लाख

२२ वैशाख, काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण ज्यान गुमाएका खेलाडीको परिवार एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्रा (राखेप) का सदस्य-सचिव युवराज लामाको अध्यक्षतामा मंगलबार त्रिपुरेश्वरमा बसेको बैठकले आर्थिक सहयोग प्रदान गर्ने विशेष निर्णय गरेको हो । विनाशकारी भूकम्पमा परी जुडोका ३, करातेका २ र क्रिकेटका १ खेलाडीको निधन भएको जानकारी प्राप्त भएको छ ।

जुडो खेलाडीमा नुवाकोटका अनिशा डंगोल, निलम डंगोल र नारायण तामाङ छन् । कराते खेलाडीमा तनहुँका चन्द्रकुमार श्रेष्ठ र नुवाकोटका सुरज डंगोल तथा सिन्धुपाल्चोकका क्रिकेट खेलाडी मनोज पण्डित छन् ।

यस्तै खेल पत्रकार सुमन भोम्जनको पनि भूकम्पमा परी मृत्यु भएको छ । खेल पत्रकार सुमनको हकमा प्राकृतिक विपद्मा परेको हुनाले पछि नजिर नरहने गरी कोषबाट आर्थिक सहयोग उपलब्ध गराउन लागिएको कोषका सदस्य-सचिव दीपक विष्टले जानकारी गराए ।

बैठकले भूकम्पबाट पूर्ण रुपमा घर क्षतिग्रस्त भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई २० हजारको राहत प्याकेज प्रदान गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment