Comments Add Comment

ग्लोबल आइएमई बैंकले भूकम्प पीडितलाई राहत बाँड्यो

Global-ime२२ वैशाख, काठमाडौं । ग्लोबल आईएमई बैंकले महाभुकम्पको चपेटामा परी घरबार गुमाएका काठमाण्डौँ जिल्लाको फुटुङ्ग र साङ्ले खोलाका बासिन्दालाई खाद्यन्न (चामल, दाल, नुन, तेल)  टेन्ट, पानी र साबुन लगायतका राहत सामाग्री वितरण गरेको छ ।

महाभुकम्प पीडितहरुलाई राहत स्वरुप १ करोड ५० लाख रुपैंया सहयोग गर्ने बैंकको यसअघिको निणर्य अनुसार बैंकले मंगलबार फुटुङ्ग र साङ्ले खोलाका २ सय घरपरिबारलाई उक्त राहत सामाग्री वितरण गरेको हो ।

डेढ करोड रुपैयाँ राहतमध्ये बैंकले ५० लाख रुपैंया प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा जम्मा गर्ने र बाँकी १ करोड रुपैंया महाभुकम्पबाट बढी प्रभावित ५ जिल्लामा पुनर्निर्माण अन्तर्गत एक जिल्लामा एक वटा बिद्यालय भवन निर्माण गर्ने र राहत सामाग्री वितरण गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment