+
+
Shares

भूकम्प पीडितलाई राहतका नाममा थोत्रा लुगा र च्यातिएका मोजा

२४ वैशाख, रामेछाप । यही वैशाख १२ गते आएको विनासकारी भूकम्पबाट नेपालमा ठूलो जनधनको क्षति भएको छ । हालसम्म साढे सात हजार भन्दा धेरैको मृत्यु भैसकेको छ भने झण्डै १५ हजार घाइते भएका छन् । लाखौं मानिस घरबारविहीन भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २४ गते १५:१४

Relief-material-from-Sikkim

नवराज पथिक

२४ वैशाख, रामेछाप । यही वैशाख १२ गते आएको विनासकारी भूकम्पबाट नेपालमा ठूलो जनधनको क्षति भएको छ । हालसम्म साढे सात हजार भन्दा धेरैको मृत्यु भैसकेको छ भने झण्डै १५ हजार घाइते भएका छन् । लाखौं मानिस घरबारविहीन भएका छन् ।

यस्तो विपत्तिमा परेकाहरुलाई विभिन्न क्षेत्रबाट मनदेखि नै सहयोग गर्ने क्रम पनि चलिरहेको छ । तर कतिपयले सहयोगको नाममा पीडितहरुको मानवीय संवेदना माथि खेलवाड गरिरहेका छन् ।

रामेछापमा पठाइएको राहात सामाग्रीमा यस्तै देखिएको छ । भारतको सिक्किमबाट पठाइएको राहात सामाग्रीमा अधिकांश लगाउनै नमिल्ने थोत्रा लुगाहरु छन् । पत्रकारहरु समेतको उपस्थितिमा हेरिएको राहतका पोकामा जिल्ला देवीप्रकोप उद्धार समितिका कर्मचारीहरुले च्यातिएका मोजा तथा काम नलाग्ने थोत्रा लुगा फेला पारेका थिए । ति लुगाहरु काम नलाग्ने पाइएपछि त्यतिकै थन्क्याएर राखिएको छ ।

Relief-material-in-Ramechha
राहत भनेर आएको च्यातिएको कपडा देखाउँदै एक महिला

काठमाडौंका कनकभुषण सुवेदीले मन्थली नगरपालिका २ को हाटेचौर क्षेत्रका माझी समुदायलाई वितरण गरेको राहत सामाग्रीमा पनि लगाउन नमिल्ने लुगाहरु भेटिएका छन् । च्यातिएर काम नलाग्ने लुगा वितरण गरिएपछि स्थानीयवासी आक्रोशित भएका छन् ।

पीडितहरुले आफूहरुको संवेदनामाथि खेलवाड गरेको भन्दै राहात सामाग्री बाँड्न गएकाहरुमा माथि बुधबार हातपात समेत गरेका थिए । उनीहरुले ती सामानहरु वितरण गर्न गएका मानिसहरुकै अगाडी फालिदिएका थिए ।

खाने तेल प्याक गरिएका केही कार्टुन भित्र पानीसमेत फेला परेको छ । यसबाट पीडित र दैवीप्रकोप उद्धार समितिका कर्मचारीहरुलाई समेत थप पीडित बनाएको उद्धार कार्यमा संलग्न एक कर्मचारीले बताए ।

‘कतिपय सहयोग गर्ने भन्दा पनि घुम्ने हिसावले आएको पनि देखियो । त्यसैले उनीहरु गम्भिर देखिएनन्,’ ती कर्मचारीले भने, ‘मानवीय संवेदनाको यस्तो घडीमा गरिएको खेलवाड क्षम्य हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?