Comments Add Comment

इजिप्टका अपदस्त राष्ट्रपति मोर्सीलाई मृत्युदण्डको सजाय

morsi

२ जेठ, काठमाडौं । इजिप्टको एक अदालतले अपदस्त राष्ट्रपति मोहम्मद मोर्सीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

बीबीसीका अनुसार सन् २०११ मा जेलबाट भागेको आरोपमा मोर्सीलाई मृत्युदण्डको सजाय सुनाइएको हो । त्यहाँको कानून अनुसार मोर्सीलाई मृत्यु दण्डको सजाय दिनुअघि न्यायाधीशले धार्मिक नेता परामर्श गर्नु पर्नेछ ।

सत्तामा रहँदा प्रदर्शनकारीहरुलाई गिरफ्तार गर्न आदेश दिएको अभियोगमा उनलाई यसअघि नै २० वर्ष जेल सजाय सुनाइएको थियो । मोर्सीलाई सेनाले २०१३ जुलाईमा अपदस्त गरेको थियो ।

त्यसलगतै उनको पार्टी मुस्लिम ब्रदरहुडमाथि प्रदवन्ध लागेको छ भने सयौं नेता कार्यकर्ता पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment