३ जेठ, काठमाडौं । तपाईको घर भूकम्पले भत्कायो ? चिन्ता नगर्नुहोस् तपाईलाई बैंकहरुले २ प्रतिशत व्याजमै ऋण उपलब्ध गराउने छन् ।
नियामक निकाय राष्ट्र बैंकले शून्य व्याजदरमा पुनकर्जा दिएर भूकम्पले क्षतिग्रस्त भएका घर बनाउन दुई प्रतिशतमै ऋण उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिइसकेको छ ।
तर, तपाईका दुई वा सोभन्दा बढी घर भूकम्पले ध्वस्त भएका छन भने एउटा घर बनाउन मात्रै बैंकले सहुलियत अर्थात दुई प्रतिशत व्याजदरमा ऋण दिनेछन ।
यस्तो ऋण काठमाडौं उपत्यकाभित्र भएमा २५ लाख र मोफसलमा १५ लाख रुपैयाँ पाइन्छ । बाँकी घर बनाउन प्रचलित व्याजदरमै ऋण लिनुपर्ने हुन्छ ।
सरकारले आवास बिहीनहरुका लागि आवासको व्यवस्था गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउने नीति लिएको हो । त्यसैले एकभन्दा बढी घर भत्किए पनि ती घर पुननिर्माणका लागि सहुलियत दरको ऋण उपलब्ध नहुने राष्ट्र बैंकका प्रवक्ता डा. मिनबहादुर श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।
‘सहुलियत दरको ऋण सम्बन्धी कार्यविधि बनिरहेको छ, त्यसअघि यही हुन्छ भन्न चाहिँ सकिँदैन ।’ श्रेष्ठले भने- तर, अहिलेसम्मको हाम्रो बुझाइमा एउटा घरका लागि मात्रै सहुलियत ऋण उपलब्ध हुनेछ ।
त्यसो भए अहिले वाणिज्य बैंकहरुले अहिले कति व्याजमा घर कर्जा उपलब्ध गराइरहेका छन त ? सम्बन्धित बैंकहरुका अनुसार घर कर्जाको व्याजदर ७.४९ प्रतिशतदेखि १४.५ प्रतिशतसम्म छ ।
बैंकहरुले पाँचदेखि २५ बर्षसम्मका लागि घर कर्जा उपलब्ध गराउँदै आएका छन । सबैभन्दा सस्तोमा प्रभु बैंक, नेपाल बैंक, एनआइसी एसिया बैंकलगायतले घर बनाउन ऋण दिने जनाएका छन ।
र्हेनुहोस कसको व्याजदर कति ?
बैंक | ब्याजदर (प्रतिशतमा) |
---|---|
नेपाल बैंक | ७.९- १०.५ |
राष्ट्रिय बाणिज्य | 8-11% |
नबिल | 9-12% |
नेपाल इन्भेष्टमेन्ट | 9.5-13.5% |
स्ट्यान्डर्ड चार्टर्ड | 7.75-10% |
हिमालयन | 8.5-11% |
एसबिआइ | 13-14% |
एनबी | 10-12% |
एभरेष्ट | 10-14% |
बिओके | 13-14 |
एनसिसी | 11-14% |
एनआइसी एसिया | 7.99-13.49% |
लुम्बिनी | 9.5-12% |
माछापुच्छ्रे | 9.5-14% |
कुमारी | 10-16% |
लक्ष्मी | 9-15% |
सिद्धार्थ | 12-13% |
कृषि विकास | 10-12% |
ग्लोबल आइएमइ | 9-12% |
सिटिजन्स | 9-14% |
प्राइम | 10-12% |
सनराइज | 9-14% |
एनएमबी | 11-14.5% |
प्रभू | 7.49-14% |
जनता | 10-14% |
प्रतिक्रिया 4