+
+
Shares

मध्यपूर्वमा इजरायली हस्तक्षेप विरुद्ध मोर्चा कस्ने माओवादीसहितका पाँच दलको निष्कर्ष

माओवादी सहितका दलहरू इजरायली हस्तक्षेपको विरोधमा उत्रिएको जानकारी गराउँदै गुरुङले अन्य दलसँग पनि छलफल अघि बढाइने बताए ।  

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २१ गते १८:०५
Photo Credit : मनहरि तिमल्सिना/केन्द्रीय सदस्य, माओवादी केन्द्र

२१ असार, काठमाडौं । पाँच वामपन्थी दलले इजरायलले मध्यपूर्वका मुलुकमाथि हस्तक्षेप गरेको भन्दै त्यसका विरुद्ध साझा कार्यक्रम गर्ने निर्णय गरेको छ ।

मध्यपूर्वका मुलुकमा इजरायलले हस्तक्षेपकारी कदम उठाइरहेको भन्दै नेपालका राजनीतिक दलहरुले एकजुट भएर विरोध जनाउनुपर्ने निष्कर्ष निकालेका हुन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय काठमाडौंस्थित पेरिसडाँडामा शनिबार माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) लगायतका दलका नेताहरु सहभागी थिए ।

बैठकमा मध्यपूर्वमा इजरायली हस्तक्षेपको विरोधका साझा कार्यक्रम गर्ने निर्णय भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

साथै प्यालेष्टाइनमाथिको बर्बरतापूर्ण इजराइली नरसंहारको विरोधमा अभियान नै सञ्चालनका लागि संयन्त्र गठन गर्नेबारे समेत बैठकमा छलफल भएको उनले बताए ।

माओवादी सहितका दलहरू इजरायली हस्तक्षेपको विरोधमा उत्रिएको जानकारी गराउँदै गुरुङले अन्य दलसँग पनि छलफल अघि बढाइने बताए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत नेताहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?