Comments Add Comment

भूकम्पमा मृत्यु हुने ७१ प्रतिशत आदिवासी जनजाति

Sindhupalchowk_650 (2)

६ जेठ, काठमाडौं । विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेहरुमा ७० प्रतिशतभन्दा बढी आदिवासी जनजाति परेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघले सरकारले दिएको तथ्यांकका आधारमा ७१ दशमलव ३६ प्रतिशत मृतकहरु आदिवासी जनजाति समुदायका परेको महासचिव पेम्बा भोटेले बताए ।

महासंघले बुधवार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर यो तथ्याङकका आधारमा ती विकट क्षेत्रमा राहत तथा पुननिर्माणको काम अघि बढाउन माग गरेको छ ।

महासंघका महासचिव पेम्बा भोटेसहितको टोलीले कोइरालालाई भेटी अधिकांश उत्तरी एवं विकट बस्तीहरुमा जनजाति समुदायको सघन बसोबास रहेकाले मृतकको संख्या पनि जनजातिको बढी हुन पुगेको बताएको थियो ।

भूकम्प अति प्रभावित जिल्लाहरुमा आदिवासी जनजातिको बसोबास रहेकाले पनि क्षति बढी हुन पुगेको महासचिव भोटेले बताए । ‘हामीले विकट बस्तीहरुमा ध्यान केन्दि्रत गर्न र स्थलमार्गबाट सम्भव नभएकाले हवाइ मार्ग प्रयोग गर्न सुझाव दिएका छौं’ उनले भने ।

भूकम्पबाट ज्यान गुमाउने तथा क्षति भोग्ने सबै नेपाली समान भएकाले महासंघले यस्तो बेला जातीय कुरा नगरे पनि मृतकको संख्याको तथ्यांक विश्लेषण गरेर सरकारलाई जानकारी गराएको उनले बताए ।

भूकम्प अति प्रभावितमध्ये गोरखामा गुरुङ, घले र मगर समुदायको सघन बसोबास छ । त्यस्तै रसुवा, धादिङ,नुवाकोट, काभ्रे, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा तामाङ समुदायको सघन बसोबास छ ।

महासंघले गाउँ बस्ती नै जोखिममा परेर पुनस्र्थापना गर्नुपर्ने भएकाहरुलाई उनीहरुको संस्कार र संस्कृति अनुसारको वस्ती व्यवस्थापन गर्नुपर्ने सुझाव पनि महासंघले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment