Comments Add Comment

भूकम्प पीडित ४ वालकलाई सहारा एकेडेमीले आश्रय दिने

सन्देश श्रेष्ठ

६ जेठ, पोखरा । पोखराको सहारा एकेडेमीले भूकम्प पीडित ४ वालकहरुलाई पनि एकेडेमीमा राख्ने भएको छ । सहारा क्लव पोखराद्वारा सञ्चालित सहारा एकेडेमी पोखरा-१७ मा थप ४ जनाको कोटा रहेकाले भुकम्प पीडित वालकलाई राख्ने निर्णय भएको एकेडेमीले जनाएको छ ।

नेपालका चर्चित स्ट्राइकर अनिल गुरुङ जस्ता फुटवलका हस्तीहरु उत्पादन गरिसकेको एकेडेमीमा हाल २६ जना वालक छन् । ३० जनाको क्षमता भएको एकेडेमीमा बाँकी ४ जना भूकम्प पीडित बालक थप्ने तयारी गरेको क्लबका अध्यक्ष बिरभद्र आचार्यले जानकारी दिए ।

उनका अनुसार भूकम्पमा परी बाबुआमा दुबै वा कुनै एक गुमाएका, न्यून आर्थिक अवस्था भएका, १० देखि १२ बर्ष उमेर समुहका, कक्षा ५ देखि ७ सम्म अध्ययनरत बालक हुनुपर्ने मापदण्ड तोकिएको छ ।

मापदण्ड पूरा भएका कुनै वालक भएमा जेठ मसान्त भित्र आवश्यक प्रमाणसहित क्लवमा सम्पर्क गर्न अध्यक्ष आचार्यले आग्रह गरे ।

२०५८ सालमा स्थापित एकेडेमीमा यो तेश्रो ब्याज हो । पोखरा-१७ दोबिल्लामा सुविधा सम्पन्न भवन बनाएर सञ्चालित साहारा एकेडेमीमा रहेका बालकहरुलाई निःशुल्क गाँस, बास र कपासको राम्रो प्रबन्धसहित अध्ययन, फुटवल र अतिरिक्त कृयाकलाप गराइने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment