Comments Add Comment

६५ वर्षे वृद्धाले जन्माइन् चम्ल्याहा बच्चा

Annegret-Raunigk-h_3315701b

६५ वर्षमा चम्ल्याहा बच्चा ? सुन्दैमा अपत्यारिलो लाग्छ । १३ वटा सन्तानकी आमा भैसकेकी जर्मनीकी ६५ वर्षे वृद्धाले एकसाथ ४ वटा बच्चा जन्माएकी छिन् । उनले पछिल्लोपटक जन्माएका चम्ल्याहा मध्ये ३ वटा छोरा र एक छोरी छन् ।

एन्नेग्रेट रौनिक नामकी ती महिलाले कृत्रिम गर्भाधान गरेकी थिइन् र गर्भ रहेको २६ हप्तामै शल्यक्रिया गरेर बच्चा जन्माएकी छिन् । मिति नपुग्दै जन्मिएका चारवटै बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको र चारैजना बाँच्ने सम्भावना रहेको बताइएको छ ।

पेशाले अंग्रेजी तथा रुसी भाषाकी शिक्षिका रहेकी रौनिकका यो सँगै १७ जना छोराछोरी भएका छन् । उनका ७ जना नाती नातिनी पनि रहेका छन् ।

पछिल्लोपटक उनको कृत्रिम गर्भाधान युक्रेनमा अथक प्रयासपछि गरिएको थियो । कतिपयले पनि निकै वृद्ध उमेरमा बच्चा जन्माउने उनको कामको आलोचना गरेका छन् । यसले आमा र जन्मिने बच्चा दुबैको स्वास्थ्यमा नकारात्मक असर पर्ने दाबी उनीहरुको छ ।

Annegret-Raunigk_3315690b

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment