Comments Add Comment

रेखाको सहयोग प्राविधीकदेखि संचारकर्मीलाई

rekha-thapa-heroin
नायिका रेखा थापा रामेछापमा भूकम्पका कारण ज्यान गुमाएकाहरुका लागि स्थायी घर बनाउने अभियानका साथ अहिले अमेरिकामा छिन् । उनै रेखाले नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सहयोग गरिरहेकी छिन् ।

केही समयअघि नेपाल चलचित्र प्राविधीक संघको कल्याणकारी कोषमा नगद १ लाख सहयोग गरेकी रेखाले मंगलबार एक संचारकर्मीलाई नगद सहयोग गरेकी छिन् । भूकम्पका कारण आफ्नो तीन तले कच्ची घर भत्किएपछि संचारकर्मी डीपी शाह ‘चक्रवर्ती’ परिवारसँगै पालमा बसिरहेका छन् ।

उनी आफूले काम गर्ने रेडियोले उपलब्ध गराएको जग्गामा अस्थायी घर बनाउने तयारीमा लागेका छन् । उनले बनाइरहेको अस्थायी घरका लागि रेखाले नगद ३० हजार सहयोग गरेकी हुन् । रेखाले ‘रेखा थापा फाउन्डेशन’ मार्फत नगद सहयोग गरेकी हुन् । रेखाको सहयोग पाएपछि संचारकर्मी शाह पनि खुशी देखिएका छन् ।

उनले थुप्रैबाट आश्वासन पाएपनि रेखाले गरेको सहयोग अनपेक्षीत भन्दै खुशी व्यक्त गरे । ‘रेखा थापा फाउन्डेशन’का महासचिव समेत रहेका निर्देशक सविर श्रेष्ठले शाहलाई नगद हस्तान्तरण गरेका हुन् ।

भूकम्प गएको दिनदेखि सहयोगमा जुटेकी रेखाले पशुपति आर्यघाटमा भूकम्पमा परि निधन भएकाहरुको शव जलाउनका लागि उनीहरुको आफन्तलाई आर्थिक सहयोग पनि गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment