Comments Add Comment

भूकम्पको पीडा भुल्न फनपार्कमा भीड (फोटोकथा)

Swimming at Funvalley (5)

श्रीधर पौडेल

१३ जेठ, काठमाडौं । काभ्रे बनेपाका राजविक्रम केसी छोरी लिएर भक्तपुरको पलाँसेस्थित ‘काठमाडौं फन भ्याली’ आइपुगे । केही क्षण रमाइलो गरेर भूकम्पको त्रासलाई भुल्न फन भ्याली आएको उनले बताए ।

त्यस्तै कलंकीका सुमन चित्रकार पनि ४ जनाको परिवारसहित फन भ्यालीमै भेटिए । उनी पनि मानसिक तनावबाट मुक्त हुने ठाउँ खोज्दा खोज्दै फन भ्यालीलाई नै उपयुक्त ठाउँ ठानेर पलाँसे आइपुगे । ‘भूकम्पले साह्रै अत्यायो, यसो मुड फ्रेस गर्न आएको,’ चित्रकारले भने ।

सुमन र राजविक्रमजस्तै स्कूल विदाको मौका पारेर छोरा-छोरीलाई घुमाउने, आफू पनि घुम्ने र भूकम्पको मानसिक पीडा भुल्दै रमाइलो गर्नेहरुको संख्या आजभोलि बढेको छ ।

Swimming at Funvalley (12)

भूकम्पमा घरहरु भत्किएको, घरमा च्यापिएर मानिसहरुको मृत्यु भएको तथा घाइते भएको दृश्य देखेकाहरुलाई बेलाबेला आइरहने पराकम्पनले झन् धेरै मानसिक पीडा दिएको छ । यही पीडा भुल्ने प्रयासमा छन् धेरै मानिसहरु । कोही सांगीतिक कार्यक्रममा सहभागी हुन्छन् भने कोही योग र ध्यानमा ।

यसका लागि विभिन्न सामाजिक संघसंस्थाहरुले भूकम्प प्रभावित क्षेत्रमा अभियान नै चलाएका छन् यतिबेला ।

काठमाडौं फन भ्यालीमा आएकाहरु अधिकांश भूकम्पको पीडालाई बिर्सने र मानसिक तनावबाट मुक्त हुन चाहनेहरु छन् । उनीहरुलाई लक्षित गरी काठमाडौं फन भ्यालीले बालबालिकाहरुलाई निःशुल्क सेवा दिइरहेको छ ।

अभिभावकलाई ५० प्रतिशत छुट दिइएको छ । यसअघि ६ सय रुपैयाँ तिर्नुपर्नेमा ३ सय मात्रै लिने गरिएका फनपार्कका सञ्चालक दिनेश गिरीले अनलाइनखबरलाई बताए । वालवालिकालाई लिइने गरेको ४ सय रुपैयाँ अहिले पूर्ण मिनाहा गरिएको छ ।

Swimming at Funvalley (19)

गिरीका अनुसार अचेल दैनिक १५ देखि १६ सयसम्म बालबालिकाहरु रमाइलो गर्न आउने गरेका छन् । ‘भूकम्पका बेला सबै पीडामा छन्, त्यही भएर हामीले बालबालिकाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएका छौं,’ गिरीले भने ।

काठमाडौं फन भ्यालीमा स्वीमिङ, रेष्टुरेन्ट लगायतको सुविधा छ ।

फन भ्यालीमा रमाउँदै बालबालिका र तिनका अभिभावकहरू

Swimming at Funvalley (9)

Swimming at Funvalley (32)

Swimming at Funvalley (23)

Swimming at Funvalley (2)

Swimming at Funvalley (22)

Swimming at Funvalley (15)

Swimming at Funvalley (6)

Swimming at Funvalley (33)Swimming at Funvalley (28)

Swimming at Funvalley (21)Swimming at Funvalley (24)

Swimming at Funvalley (18)Swimming at Funvalley (31)Swimming at Funvalley (13)Swimming at Funvalley (7)

Swimming at Funvalley (8)Swimming at Funvalley (14)

Swimming at Funvalley (10)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment