Comments Add Comment

एक मिनेट भित्रै २ पराकम्प

१३ जेठ, काठमाडौं । बुधबार एक मिनेटको अवधिमा २ पराकम्पनको धक्का महसुस भएको छ । १ बजेर १५ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको पराकम्पन गएको थियो । त्यसको १ मिनेटपछि सिन्धुपाल्चोकलाई नै केन्द्रविन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

धक्का महसुस भएपछि सडकमा निस्किएकाहरू । फाइल तस्वीर
धक्का महसुस भएपछि सडकमा निस्किएकाहरू । फाइल तस्वीर

त्यसअघि बुधबारै १२ बजेर ३ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्पन गएको थियो । धक्का महसुस गरेकाहरु घरबाट बाहिर निस्किएका थिए ।

गत वैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको एक महिनाको अवधिमा २० हजार पटक साना-ठूला पराकम्पन गएको भूकम्प मापन केन्द्रको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment