+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

एभिन्यूज टिभी ३ दिनभित्र तलब दिन सहमत

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १ गते १८:४२

१ असार, काठमाडौं । एभिन्यूज टेलिभिजनमा कार्यरत श्रमजिवी पत्रकार, कर्मचारी र कामदारहरुलाई ३ दिनभित्र सबै तलब दिन व्यवस्थापन पक्ष सहमत भएको छ ।

नेपाल पत्रकार महासंघ, टेलिभिजन व्यवस्थापन र कर्मचारीहरुबीच मंगलबार भएको वार्तामा बक्यौता रकम तीन दिनभित्र दिने र अबदेखि नियमितरुपमा तलब खुवाउने सहमति भएको हो ।

वार्ताअघि महासंघले एभिन्यूज टेलिभिजनमा एक घण्टा धर्ना दिएको थियो । टेलिभिजनमा कार्यरत श्रमजिवी पत्रकार, कर्मचारी र कामदारहरुले लामो समयदेखि तलब नपाएको गुनासो गर्दै आएका थिए ।

वार्तामा भएको ५ बुँदे सहमति पत्रमा एभिन्यूज टेलिभिजन प्रालिका अध्यक्ष भाष्करराज राजकणिर्कार, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट र एभिन्यूज प्रतिष्ठान शाखा अध्यक्ष विष्णुबहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।

हिमालयनमा सहमति भएन

यसअघि हिमालयन टेलिभिजन व्यवस्थापन पक्षसँग भएको वार्ता भने निष्कर्षविहीन भएको थियो । श्रमजिवी पत्रकार, कर्मचारी र कामदारहरुले पेश गरेको माग हिमालयन टेलिभिजन व्यवस्थापन पक्षले अध्ययन गरेर जवाफ दिने भनेपछि वार्ता स्थगित गरिएको थियो । वार्ता अघि टेलिभिजन कार्यालय अगाडि धर्ना दिइएको थियो ।

श्रमजिवी पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघका सचिव ध्रुव लम्सालले काम गराउने तर, तलब नदिने सन्चार प्रतिष्ठानमा हरेक दिन धर्ना दिने बताए ।

सिन्धुपाल्चोकमा बसेको महासंघको पछिल्लो केन्द्रीय समितिको बैठकले पारिश्रमिक नदिने सन्चार संस्थाहरुबिरुद्ध आन्दोलन सुरु गर्ने निर्णय गरेको थियो ।

एभिन्यूज टिभिसँग भएको सहमति हेर्नुस्

FNJ-and-Avenues-Tv

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?